राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आज पाँच दलीय गठबन्धनको समीक्षा बैठक बस्यो ।

माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी हुनुभएकोमा उहाँहरुमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त ग¥यो ।


बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकाल्यो ।


समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय ग¥यो ।


यस राष्ट्रिय सभाका निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मेहनतपूर्वक लाग्नुभएका नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिने निर्णय ग¥यो । साथै यस निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुनुहुने सबै निकायहरुलाई हार्दिक आभारसहित धन्यवाद् व्यक्त ग¥यो ।


अन्त्यमा, निर्वाचित हुनुभएका सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनारलाई देश जनता, प्रजातन्त्र÷लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन बैठकले हार्दिक अनुरोध ग¥यो ।

अन्तिम पटक अध्यावधिक गरिएको 234 Viewed

प्रतिक्रिया दिनुहोस्