सोमवार ३ हजार ११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ११४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमवार ३ हजार १४२ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म १ लाख ७९ हजार ६१४ जनामा संक्रमण देखिएको छ भने निको हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ छ। शुक्रवार संक्रमणका कारण २० जनाको मृत्यु भएको छ। संक्रमणका कारण हालसम्म निधन हुनेको संख्या १ हजार ४ पुगेको छ।