पछिल्लो २४ घण्टामा नेपालमा थप ५३ जनाको मृत्यु भएकाे छ । यस्तै ८ हजार २ सय ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्य सहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

आज थपिएका ८ हजार २ सय ८७ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ५३ जनाको मृत्यु सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या  ३ हजार ३ सय ७० भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ९८ हजार ७ सय ६५ जना पुगेको मन्त्रालयले जनाएकाे छ।

अन्तिम पटक अध्यावधिक गरिएको 928 Viewed

प्रतिक्रिया दिनुहोस्