पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको छ । यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा रहेकाे छ ।

पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना र ५ सय ७१ नमुनाको एन्टीजेन परीक्षण गर्दा ७३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

साेमवारकाे तुलनामा मंगलवार २१२ बढी संक्रमति थपिएका छन् ।

आज थपिएका ७ हजार ६ सय ६० जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या  १ हजार ७ सय ७५ भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८७ हजार ७ सय ९० जना पुगेको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार हालसम्म निकाे हुनेकाे प्रतिशत ८२ रहेकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 874 Viewed

प्रतिक्रिया दिनुहोस्