गाँजा सहित पाेखराका रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे छ । मंगलबार सवारी साधन चेकजांच गर्ने क्रममा भण्डारढिकबाट तालचोक तर्फ आउँदै गरेको मोटर साइकलबाट लागूऔषध गाँजा ५ के.जी. ५०० ग्राम फेला पारेकाे हाे। पाेखरा वडा नं.२७ तालचोकबाट डाँडाकोनाक कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई गाजा सहित फेला पारेकाे हाे । निजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।