पैर्हो पनि हैनौ तिमी, भीर पनि हैनौ ।
उर्लि आउने खहरेको, तीर पनि हैनौ ।
दोस्रो, तेस्रो लहर बनी घरीघरी आउछौ,
उहि रूपमा बसिरहने थीर पनि हैनौ ।
कहिलेसम्म खेदिरहन्छौ पछी परिपरी ।
समाचार आका छन केश बढ्ने गरी ।
भयो अब धेरै खती मानव सभ्यतामा,
छोडिदेउन रुप फेर्न अब घरीघरी ।