जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव भएकाे बेला विभिन्न स्थानबाट सिलिण्डर संकलन गरी हस्तान्तरण गरेकाे छ ।

कास्कीमा रहेका बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट सिलिण्डर संकलन गरी कास्की प्रहरीले अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको हाे ।


विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण तिव्र गतिमा बढ्दै गईरहेकाे र कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेको छ ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यले अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट संकलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय कास्की, बिभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिहरुसंगको सहकार्यमा १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु संकलन गरिएकाे र ति सिलिण्डर पाेखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई अक्सिजन ग्याँस भर्न हस्तान्तरण गरिएको छ ।

उक्त सिलिण्डरहरु हाल कोरोना संक्रमितको उपचारको लागि बिभिन्न अस्पतालहरुमा पठाउने र पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए । उनले अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन भने अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गरिदिनुहुन समेत एक प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 447 Viewed

प्रतिक्रिया दिनुहोस्