मानव मिलन संस्थाका संस्थापक मानव आचार्य नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजद्वारा नेपालीमा अनुवाद गरिएको ग्रन्थ ‘उत्तराध्यानसूत्र’ को एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी छन्। स्याङ्जाको आरुखर्कमा ब्रम्हाण्ड कुलमा जन्म लिई आफ्नो शिक्षादीक्षा भारतमा गई भगवान् महावीरको वाणि धर्मशास्त्रलाई पहिलो पटक नेपालीमा अनुवाद गर्ने जैन सन्त मणिभद्र पहिलो हुन्। उक्त ग्रन्थ भगवान् महावीरको निर्वाणको २५४८ वर्ष पछिको पहिलोअनुवादित ग्रन्थ हो। पुस्तक लोकार्पण गर्दै राष्ट्रपति विद्यादेवीभण्डारीले जैनशास्त्र नेपालीमा अनुवाद गरेको पुस्तक इतिहासमै पहिलो भएको सुन्दा खुसीव्यक्त गरिन्। उनले भारतदेखि नेपालका दुर्गम ठाउँमा पैदलयात्रा गर्दै विकट ठाउँकोवस्तुस्थिति बुझीआफूहरुलाई समेत जानकारी गराउने यस्ता महान् सन्तको वाणिसबैलेअनुशरण गर्नुपर्ने सुझाव दिइन्। सो अवसरमा हिन्दू धर्मको संरक्षणमा महत्वपूर्ण योगदान गरेकोमा विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय अध्यक्षडा. रामचन्द्र अधिकारीले महासंघको संरक्षकमा मनोनयन गरिएको पत्र प्रदान गरेका थिए। मानव मिलन संस्था काठमाडौं र श्री श्वेताम्बर स्थानकवासीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिप्राडा गंगाप्रसाद उप्रेती, पुस्तक सम्पादक प्राडा नारायण अधिकारी, मानव मिलनकाठमाडौंका अध्यक्ष नमन उपाध्याय, अन्तर्राष्ट्रिय मानव मिलनका अध्यक्ष राजेन्द्र चोरडिया,जैन महिला मण्डलीकी अध्यक्ष सुजाता मेहेता, जैन परिषद्का पूर्व उपाध्यक्ष लोकमान्यगोल्छा, स्थानकवासी समाजका अधयक्ष कविन्द्र मोदी, नेपाल अणव्रत समितिका पूर्वअध्यक्ष दिनेश नौलखा, पूर्व अध्यक्ष ज्योति कुमार बेगानी, मानव मिलन नारी जागरण काठमाडौंका अध्यक्ष शान्ति ढकाल, जैन परिषद्का सदस्य राजेन्द्र गोल्छा, सुशील जैनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन अन्तर्राष्ट्रिय मानव मिलन महिलाविभाग सचिव सावित्री शर्माले गरेकी थिइन् ।  

अन्तिम पटक अध्यावधिक गरिएको 632 Viewed

प्रतिक्रिया दिनुहोस्