गलकोट नगरपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटिया बजारका ७२ वर्षीय पुरुषको बिहीबार साँझ साढे ५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । उनी गत कार्तिक ८ गते आई।सि।यु।मा भर्ना भएका थिए ।
अस्पतालका निर्देशक डा अर्जुन आचार्यद्वारा प्रकाशित विज्ञप्तिमा ती पुरुषमा निमोनिया र उच्च रक्तचापको समस्यासमेत रहेको उल्लेख छ ।