कोभिड १९ संक्रमण भएका पोखरा १७ का एक पुरुषको ज्यान गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको आइसियुमा उपचारका क्रममा ती ६० वर्षीय पुरुषको आइतबार दिउसो मृत्यु भएको हो ।
कात्तिक ११ गते भर्ना भएका ती संक्रमितमा निमोनिया, मधुमेह लगायतका समस्यासमेत रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आइतबारसम्म २५ जनाको ज्यान गइसकेको छ ।