बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनमार्फत यही नोभेम्बर ५ देखि देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिस सार्वजनिक स्थलमा भेला हुन नपाइने आदेश जारी गरेका छन्।

लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ ।

यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख ११ हजार नाघेको छ । source : bbc.com

अन्तिम पटक अध्यावधिक गरिएको 387 Viewed

प्रतिक्रिया दिनुहोस्