सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दैतेस्रो जित दर्ता गरेको छ ।

सोमबार भएको पहिलो खेलमा एनआरटीले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ७६ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै जित दिलाएका हुन् ।

६ खेलमा एनआरटीले १ खेलमा हार, २ मा बराबरी र ३ मा जितसँगै ८ औँ स्थानमा छ भने पुलिस पनि ६ मध्ये २ खेलमा जित, २ बराबरी र २ खेलमा हारसँगै ८ औँ स्थानमा छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 193 Viewed

प्रतिक्रिया दिनुहोस्