सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको बताइएकाे छ ।
अन्तर्राष्ट्रिय उडानमा ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान बन्द गर्ने निर्णय भएको छ भने भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ बताइएकाे छ ।
अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राखिने छ भने अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम रहेकाे छ ।