पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४ सय ३ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना र ५ सय ६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जना कोरोना संक्रमित भेटिएका हुन् ।
शुक्रबारकाे तुलनामा शनिवार २६ बढी संक्रमति थपिएका छन् ।
आज थपिएका ५ हजार ७ सय ६३ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ भने योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ८७ भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३ सय ८२ जना पुगेको मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार ४० हजार १ सय ३ जना हाेम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४ सय १ जनाको आईसीयू र १ सय १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।