वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा देशभरबाट ८२ हजार, २१० जनाकाे उम्मेदवारी दर्ता भएकाे छ ।
उम्मेदवारी दर्ताको निम्ति हिजो र आज दुई दिन समय दिइए पनि अन्तिम दिन पाँच बजे पछिसम्म पनि उम्मेदवारी दर्ताको क्रम चलेको थियो निर्वाचन आयोगले जनाएको छ।
नयाँ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको चुनावमा देश भरी सामान्यतया शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

सात वटै प्रदेशका ७५३ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल ३५ हजार, २२१ जना पदाधिकारीको निम्ति वैशाख ३० गते चुनाव हुन लागेको हो।
आयोगले देश भरी दर्ता भएका उम्मेदवारी अद्यावधिक गर्ने क्रम अबेर रातीसम्म जारी रहने देखिएको जनाएको छ।
छ वटा महानगर, ११ वटा उपमहानगर र २७६ वटा नगर गरी २९३ वटा नगरपालिका छन्।
बेलुकासम्मको विवरणअनुसार ती नगरको प्रमुखमा २३४३ जना उपप्रमुखमा १४४५ जना प्रतिस्पर्धामा उत्रिएका छन्।
गाउँपालिकाका ४६० वटा छन्। तिनको अध्यक्षमा २४९७ र उपाध्यक्ष १७२६ जना चुनावी मैदानमा होमिएका छन्।
