देशभर शनिवार ९९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १२ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लामो समयपछि १,००० भन्दा कम सङ्ख्यामा सङ्क्रमण झरेको हो।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा ९,८४० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

अझै १३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले थप १२ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १०,९३६ पुगेको छ।

पाँच ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशको रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि सङ्ख्या ५०० माथि छ।

अन्तिम पटक अध्यावधिक गरिएको 227 Viewed

प्रतिक्रिया दिनुहोस्