रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावका कारण सुस्त अवस्थामा रहेको पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्ने बताए । ‘कोरोना संक्रमण घटदो छ, अब पर्यटन क्षेत्रका सबै खाले गतिविधी सञ्चालन हुनुपर्दछ’– भट्टराईले भने ।अहिले यहाँका होटल तथा रेष्टुरेण्टहरु विस्तारै खुल्दै गएको बताउँदै असोजको पहिलो सातादेखिनै पर्यटन सम्बध अन्य गतिविधीहरुपनि सञ्चालन गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई छ । यसका लागि पर्यटन सम्बध सम्पूर्ण संघसंस्थाहरुविच सहकार्य र हातेमालोको पनि आवश्यक गरेको भन्दै उनले परिषद् अन्तर्गतका सबै संघसंस्थालाई स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे । व्यवसायीहरुलाई बैक तथा वित्तिय संघसंस्थाले अनावश्यक झमेलामा नपार्न अनुरोध गर्दै यो समस्या समाधानका लागि पनि आवश्यक कदम चाल्नुपर्नेमा उहाँले जोड दिए ।


कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब फिर्नेमा आशा व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाभित्र भएका विकासे गतिविधीबारे प्रकास पार्र्दै आगामी दिनहरुमा गर्नुपर्ने कामका बारेमा अवगत गराएका थिए।


उद्घाटन सत्रमा संस्थाका महासचिव विकाश भट्टराईले संस्थाका प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले रेवान पोखराले २२ औं पोखरा सडक महोत्सव, कर शिक्षा कार्यक्रम, कोभिड–१९ को असरमा परेकाहरुलाई गरिएको राहत वितरण, खोप कार्यक्रम, नयाँ वर्षको शुभकामना कार्यक्रम, विभिन्न क्षेत्रलाई प्रदान गरिएको आर्थिक सहयोग, मिनि सडक महोत्सव, तालिम, पोखराको प्रवद्र्धनात्मक कार्यक्रम लगायत आफ्नों प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थाका गतिविधीहरुमा सहयोग गर्ने विभिन्न सहयोगी संघसंस्था तथा संस्थामा आवद्ध भएका नयाँ व्यवसायीहरुलाई स्वागत एवं सम्मान गरिएको थियो । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको समारोहमा संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईले स्वागत गरेका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 209 Viewed

प्रतिक्रिया दिनुहोस्