काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाभाइरस महामारीको दोस्रो लहर देखा परेयता जारी गरेको निषेधात्मक व्यवस्थालाई बुधवार अन्त्य गरेका छन्।

तर उनीहरूले कोभिड-१९ को नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने भन्दै सूचना जारी गरेका छन् र त्यसको पालना नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्। 

काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आदेश जारी गर्दै कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐन बमोजिम यस्तो निर्णय गरिएको जनाएको हो। 

अन्तिम पटक अध्यावधिक गरिएको 161 Viewed

प्रतिक्रिया दिनुहोस्