देशभर थप पछिल्लाे २४ घण्टामा ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ९१ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,१५० पुगेको छ।
मङ्गलवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १९,१२३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५,९०६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
अहिले कुल परीक्षणको १९.४ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,११५ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३३,९८५ जना घरमा तथा ३,३४७ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्।