देशभर थप ३९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १८,४०८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ६,५०० जनाभन्दा बढीको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ७३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,९९४ पुगेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन्।