देशभर थप ३,१०६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,५१९ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,२५६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५६,००० नाघेको छ भने मृतकको सङ्ख्या ९,८५७ पुगेको छ।

काठमाण्डू उपत्यकामा मात्र पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८,६६९ छ। धेरै मानिसले परीक्षण नगराएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विज्ञहरूको भनाइ छ।

अहिले कुल परीक्षणको झन्डै २३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। विज्ञहरूले यसलाई उच्च दर मानेका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९१६ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१,००० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २८,२५४ जना घरमा तथा ३,१०१ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ७०६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ५१७ जना काठमाण्डूमा, २३२ जना चितवनमा, २०२ जना कास्कीमा फेला परेका हुन्।

अन्तिम पटक अध्यावधिक गरिएको 348 Viewed

प्रतिक्रिया दिनुहोस्