राष्टर्िय मानव अधिकार आयोगले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुका लागि खोप सुनिश्‍चित गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै आप्रवासी नेपाली श्रमिकहरुका लागि लागि खोप सुनिश्‍चितता गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि गन्तव्‍य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने र गन्तव्‍य मुलुकले समेत मान्‍यता दिएको कोभिड १९ को जोखिमबाट बच्‍न सकिने खोप लगाउने वा अन्‍य वैकल्पिक गर्न तथा गन्तव्‍य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सक्‍ने कठिनाइको न्‍यूनीकरणका लागि आवश्‍यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानव अधिकारको संरक्षण गर्न आयोग सरकारलाई आग्रह गर्दछ ‍।’

यसअघि आयोगले आप्रबासी श्रमिकहरुलाई उद्धार, स्वदेश फिर्ती तथा पुर्नएकीकरण गराई उनीहरुको मानव अधिकार संरक्षणका लागि आवश्‍यक पहल गर्न सरकारलाई सिफारिस गरेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 213 Viewed

प्रतिक्रिया दिनुहोस्