चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले दिएको छ । प्रधानमन्त्री देउवाले थप खोप सहयोग गरेकोमा चीनलाई बधाई दिएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 181 Viewed

प्रतिक्रिया दिनुहोस्