ठूलो परिणाममा लागु औषधसहित पोखरामा एकजना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरको हाे ।
पोखरा महानगरपालिका ९ बस्ने गुरुङलाई हिजो बेलुका साँझ ७ बजे बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाकारी दिए ।
डिएसपी हमालका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पोखराबाट लागुऔषध ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले फेला पारी तलासी लिँदा पक्राउ गरेको हो ।
सुटकेसभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध डाइजापान – ६७० एम्पुल, फेनेरागन – ६७० एम्पुल, नुर्फिन – ६७४ एम्पुल गरी २ हजार १६, मोबाइल थान १ र जम्मा नगद पाँच लाख २९ हजार दुई सयसहित ४९ वर्षका गुरुङ पक्राउ परेका हुन् । उनलाई लागुऔषध सम्बन्धी कसुर अन्तरर्गत थप अनुसन्धानका लागि हिरासतमा राखिएको हमालले जानकारी दिए ।