नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार मन्त्रिपरिषद् गठन गरेका छन् ।

नवनियुक्त चार जना मन्त्रीहरूमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका हुन्।

उनीहरूलाई पनि मङ्गलवार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ।

देउवालाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) बाट भने मङ्गलवार मन्त्री बनाइएको छैन।

प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि त्यसको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ।

उनलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका एमालेका सांसदले विश्वासको मत नदिएमा गठबन्धनका अन्य सांसदको सङ्ख्याले मात्रै बहुमत पुग्ने देखिन्न।

त्यस्तो अवस्थामा ओलीलाई साथ दिएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहका सांसदहरूले देउवाको समर्थन गरेमा बहुमत पुर्‍याउने विकल्प भने रहन्छ।

अन्तिम पटक अध्यावधिक गरिएको 201 Viewed

प्रतिक्रिया दिनुहोस्