नेपालले चीनबाट शुक्रवार पहिलो खेप कोभिड खोप ल्याएको छ।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये आठ लाख मात्रा आज ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शुक्रवारसम्म नौ लाख ६४ हजार ५०८ पुगेको छ।

नेपालमा कोभिशिल्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।

कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

अन्तिम पटक अध्यावधिक गरिएको 202 Viewed

प्रतिक्रिया दिनुहोस्