कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ ।


संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिइन ।

संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्णुमाया गुरुङ, स्वास्थ्य उपसमिति संयोजक तीर्थमाया गुरुङ, बजार प्रवद्र्धन उपसमिति संयोजक सोनी ढेवाजु, सदस्यहरू सावित्री खड्का, लक्ष्मी गुरुङ, सागर गौतम लगायतको उपस्थिति थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 456 Viewed

प्रतिक्रिया दिनुहोस्