नेपाल तरुण दलको कास्की जिल्ला सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनित भएका छन् । उनलाई नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् । मनोनित भएका गुरुङ यसअघि नेपाल आदिवासी जनजाती संघ पोखरा ३१ का वडा सभापति रहेका थिए ।

जिल्ला सदस्यमा मनोनित भएपछि गुरुङले तरुण दल तथा कांग्रेसलाई बलियो बनाउन आफुले उल्लेख्य भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

जिल्ला सभापति मनोज गुरुङले पनि तरुण दललाई पोखराका हरेक वडा तथा जिल्लाका सबै पालिकाहरुमा मजबुत बनाउने र संगठनको नेतृत्व सबै स्थानमा पु¥याउने उदेश्यका साथ गुरुङलाई जिल्ला सदस्यमा मनोनयन गरेको जानकारी दिएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 554 Viewed

प्रतिक्रिया दिनुहोस्