कोरोना माहामरीका कारण रगत अभावलाई मध्यनजर गर्दै गरिएको रक्तदानमा ३० प्वाइन्ट रगत संङ्कलन भएको छ । कार्यक्रम रेडियो सराङ्गकोट को रगत सङ्कलन अभियान अन्तरगत सुविधा बचत ऋर्ण सहकारी संस्थाको संयोजनमा भएको  हो । 

माहामरीको विचमा आवश्यक मात्रामा रगत सङ्कलन हुन नसक्दा रक्त संचार केन्द्रमा रगत अभाव  पुरा गर्न रेडियो द्धारा जेष्ठ महिनाभर पोखराका अन्य संघसंस्था संग समन्वय गरी रगत सङ्कलन गरिने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए ।

कोरोना माहामरीका रुपमा रहेकोले सबै सचेत हुदै , संस्थाबाट सहयोग सहित  रगत सङ्कलन र थप सहयोग कार्य अन्तरगत स्वास्थ्य सामाग्री सहित लायन्स कोभिड अस्पताललाई बेड हस्तान्तरण सगै सचेतना कार्यक्रम  गर्ने योजना रहेको सराङ्गकोट बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर जि.सी ले बताए  । 

आवश्यक स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै भएको कार्यक्रममा रत्तसंचार केन्द्रमा प्रमुख अर्जुन ज्ञवालीले रगतको विकल्प अन्य औषधि उपचार नभएकाले रत्तदान महत्वपुर्ण रहेको साथै बर्तमान अवस्थामा रत्तदान थप जिम्मेवारीपुर्ण रहेको बताए । 

सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख शुसिल कुमार बिजुक्छे,  पुर्व अध्यक्ष गणेश बहादुर अधिकारी ,सृजना विकास केन्द्रका सचिव विश्व श्रेष्ठ , रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणि बास्तोला , राममणि पौडेल , संस्थाका सचिव राजु पौडेल  सहायक प्रवन्धक राजिव खिचाजु लगायतले आ आफ्ना धारण राखेका थिएधन्यवाद 

अन्तिम पटक अध्यावधिक गरिएको 455 Viewed

प्रतिक्रिया दिनुहोस्