लमजुङको एक मात्र सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट राख्न अभियान सुरू गरिएकाे छ ।

पुर्बी लमजुङको एक मात्र सहोदर सामुदायिक अस्पतालमा पछिल्लो समय काेराेना स‌‌क्रंमितलाइ अक्सिजनकाे अभाव भएकाले अक्सिजन उत्पादन प्लान्ट राख्ने पहल सुरु भएको छ ।


लमजुङ जिल्लाकाे राईनास नगरपालिका वडा नं ७ मा रहेको सामुदायिक अस्पतालमा अक्सीजनको ब्यबस्था मिलाउन सके पुर्बी लमजुङको दुधपोखरी गाऊपालिका, गोरखाको सिरानचोक र तनहुँका केही भागमा मानीसहरुलाई समेत सेवा उपलब्ध गराउन सकिने अभियन्ता महेन्द्र चौलागाईले जानकारी दिए ।

बिषेश गरि बिदेशमा रहेका राईनास बासी युवाहरुको पहलमा प्लान्ट राख्ने अभियान सुरु भएको र सो सम्बन्धि छलफल गरिएको छ । अभियन्ता चौलागाईका अनुसार छलफलमा देश वाहिर बिभिन्न देशमा रहेका युवाहरु,राईनास नगरपालिकाका मेयर सिंह बहादुर थापा, वडाअध्यक्ष माधब पराजुली, स्थानिय तथा राजनितिज्ञ देबेन्द्र पराजुली, तुलसीनारायण श्रेष्ठले अभियान सफल बनाउन आफुहरुको सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका छन। अभियानका लागि पुर्ण पोखरीया (हाल कतार) संयोजक रहने गरी समिती गठन गरिएको छ ।

त्यसैगरि समितिको उप–संयोजकमा हरि चिलुवाल(हाल कतार) सदस्यमा महेन्द्र चौलागाई(हाल साउदी),देबकी पराजुली(नेपाल) हरि भुजेल(हाल अमेरीका) रहेका छन । साथै देबन्द्र पराजुलीको नेतृत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारहरुमा अस्पतालका सञ्चालक डा. शिब र्सिमल,रमेश चिलुवाल,दिनेस चिलुवाल,देब भुजेल रहेका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 587 Viewed

प्रतिक्रिया दिनुहोस्