पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ट कन्सल्टेन्ट सर्जन सह प्रा.डा. अर्जुन आचार्य र समाजसेवी मिनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई शनिबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

कोरोना महामारीमा अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि डा. आचार्य र समाजेसवी गुरुङले छ हजार थान मास्क र १५ लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको हो । डा. आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरेका हुन् । डा. आचार्य पोखरा स्वास्थ्य विज्ञान निर्देशनालयका निःवर्तमान निर्देशक पनि हुन् ।

कास्की ल्वाङ घर भई हाल हङकङ निवासी गुरुङले प्रविण मर्सानी मार्फत सहयोग सामाग्री उपलब्ध गराएकी हुन् । गुरुङले उलब्ध गराएको २ हजार ५ सय मास्क र १० लिटर सेनिटाइजर मर्सानीले महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई शनिबार नै हस्तान्तरण गरेका हुन् । डा. आचार्यले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सहयोग गरिएको बताए । नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले डा. आचार्यलाई धन्यवाद दिदैं आगामी दिनमा महासंघको कुनै सदस्यलाई गाह्रो परेको खण्डमा चिकित्सीय सुझावको पनि अपेक्षा गरिन् ।

उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले मास्क उपलब्ध गराएकी समाजसेवी गुरुङलाई धन्यवाद व्यक्त गर्दै कोरोना संक्रमण उच्च रहेका जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्रीको उचित प्रयोग गरेर काम गर्न आग्रह गरे । उनले महासंघलाई प्राप्त मास्क तथा स्वास्थ्य सामाग्रीहरु प्राथमिकताका आधारमा जोखिम खटिने जिल्लाका पत्रकारहरुलाई उपलब्ध गराउने बताए । हङकङमा भएरपनि मातृभुमीका पत्रकारहरुको स्वास्थ्यप्रति चासो दिने समाजसेवी गुरुङबाट तिमिल्सिनाले आगामी दिनमा पनि यस्तै खालको माया र सहयोगको अपेक्षा गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 413 Viewed

प्रतिक्रिया दिनुहोस्