आमा एग्रो प्रोडक्ट प्रा लिले आमाहरुलाई पौष्टिक आहार उपहार बाँडेकाे छ ।

मंगलबार मातातीर्थ औंसीको अवसर पारेर कम्पनीले एस. ओ. एस. बालग्रामका‌ अवकाश प्राप्त आमाहरुलाई सम्मान स्वरुप पौष्टिक आहार सातु उपहार बाँडेकाे हाे ।

एस. ओ. एस. बालग्रामका‌ अवकाश प्राप्त आमाहरुलाई वृद्ध उमेरकाे पाचन शक्तिलाइ लक्षित गरी उत्पादन गरिएकाे पूर्ण आहार आमा बा सातु र १५ घर परिवारका बालबालिका लागि उपहार स्वरूप पौष्टिक आहार प्रदान गरिएकाे कम्पनीका प्रबन्ध संचालक राधा पाैडलले बताइन ।

उपहार वितरणका क्रममा बाेल्दै कम्पनीका संचालक रूकमिणी खडकाले वृद्धा अवस्थाकाे स्वास्थ्य राम्राे राख्नका लागि र बालबालिकाकाे शारिरिक र मानसिक विकासका लागि बजारमा पाइने जंक फुडलाइ छाेडेर आराेग्य पौष्टिक खाना खानुपर्नेमा जाेड दिइन । उनले पत्रु खानाकाे विकल्पमा परम्परागत रूपमा खाइदै आएकाे सातुलाइ कम्पनीले मूख्य उत्पादनकाे रूपमा उत्पादन गरी बजारमा उपलब्ध गराएकाे जानकारी गराइन ।

पाेखरामा स्थानीय कच्चा पदार्थकाे प्रयाेग गरी, महिला राेजगार सृजना गर्ने र उपभाेक्तालाई पौष्टिक आहार उपलब्ध गराउने उदेश्यले महिला उद्धमीहरूबाट आमा एग्रो प्रोडक्ट प्रा लि संचालनमा आएकाे छ । कम्पनीले विभिन्न उमेर समूह र स्वास्थ्य अवस्थाका व्यक्तिहरूलाइ आवश्यक अन्न र गेडागुडीकाे मित्रणबाट फरक फरक सातु उत्पादन गरी बजारमा ल्याएकाे छ ।

सातु नेपालमा परम्परादेखि नै पौष्टिकताका लागि लिटाेकाे रूपमा बालबालिकालाई खुवाइन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 678 Viewed

प्रतिक्रिया दिनुहोस्