पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँका शंकर गैरेले अमेरिकाबाट विद्यावारिधी गरेका छन ।
अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजि एण्ड माइक्रोवायोलोजि बिषयमा विद्यावारिधी गरेका हुन ।
चितवनस्थित रामपुर कृषि क्याम्पसवाट कृषि बिषयमा एमएसी गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधी गरेका हुन ।
उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गरेका थिए। आज भन्दा पाँच बर्ष अधि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यस अधि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई बर्ष प्राध्यापन गरेका थिए ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड—१९ को संङक्रमण बढेपनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेको कारण नियमित पढाई भएको हुँदा समयमा नै विद्यावारिधी गर्न सफल भएको गैरेले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 667 Viewed

प्रतिक्रिया दिनुहोस्