चराहरूको देशमा

चराहरूले

चराहरूकै लागि

चरा रोज्छन्

अनि

चराहरूकै शासन हुन्छ

चराहरूकै सत्ता टिक्छ ।

माहुरीहरूको देशमा

माहुरीहरूले

माहुरीहरूकै लागि

माहुरी रोज्छन्

अनि

माहुरीहरूकै शासन हुन्छ

माहुरीहरूकै सत्ता टिक्छ ।

विडम्वना

मान्छेहरूको देशमा

मान्छेहरूले

मान्छेहरूकै लागि

जब

मान्छे छोडेर

वनमान्छे रोज्छन्

तब

वनमान्छेहरूकै

शासन हुन्छ

वनमान्छेहरूकै

सत्ता बिक्छ ।

चराहरूको देशमा

सत्ता टिक्छ

मान्छेहरूको देशमा

सत्ता बिक्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 340 Viewed

प्रतिक्रिया दिनुहोस्