बिश्वास गौतमले विपन्न अपाङ्गहरुलाई खाद्यान्न सहयोग गरेका छन।

पोखरा ३० बस्ने गौतमले जन्मदिनको अवसरमा पोखरा वडा नं २१ का विपन्न अपाङ्गहरुलाई सोमबार खाद्यान्न सहयोग गरेका हुन् ।

कोभिड १९को महामारीले निम्त्याएको संकटका बेला गाैतमले वडा कार्यालयको समन्वयमा अपाङ्गहरुलाई २० बोरा चामल, तेल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
साेही अवसरमा पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यले युवाहरु समाज रुपान्तरण र बिकासकालागि एक्सनमा उत्रिनुपर्नेमा जोड दिए । गौतमकाे सहयाेगी भावनाकाे प्रशंसा गर्दै वडाध्यक्ष आचार्यले भने युवाहरू बोल्ने भन्दापनि एक्सनमा उत्रन जरुरी रहेकाे बताए ।
सहयोग हस्तान्तरणका क्रममा बोल्दै पोखरा २१ कोभिड १९ सहयोग उपसमितिका संयोजक अर्जुन गिरीले सहयोगका लागि धन्यवाद दिए । कोभिड महामारीको घडीमा यसप्रकारको सहयोग अति आवश्यक रहेको उनले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 424 Viewed

प्रतिक्रिया दिनुहोस्