पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण भएकाे पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ८८ रहेको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ रहेकाे छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९ सय १६ र संस्थागत आइसोलेसनमा तीन हजार २ सय १ जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये आइसियूमा ३ सय ३७ र भेन्टिलेटरमा १ सय ७ जना रहेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 535 Viewed

प्रतिक्रिया दिनुहोस्