गण्डकी प्रदेशसभा सांसद एक सम्पर्कविहीन भएपछि प्रदेशसभा स्थगित गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबारे निर्णय गर्न तय भएको प्रदेशसभा बैठकमा एक सांसद सम्पर्कविहीन भएको निवेदन परेपछि प्रदेशसभा स्थगित गरिएको छ।

प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व गर्ने खिमविक्रम शाही ‘हराएको’ भन्ने जानकारी सो दलले प्रदेशसभामा गराएको सभामुख नेत्रनाथ अधिकारीले बताएका छन्।

बुधवार नै उक्त प्रस्तावबारे अन्तिम निर्णय गर्ने कार्यसूची थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 403 Viewed

प्रतिक्रिया दिनुहोस्