१) माक्स प्रयोग र साबुन पानीले हात धोएर मात्र अदालत प्रबेश गर्ने गराउने अनिवार्यता ।

२) अदालत प्रबेश अगाडि ज्वरो मापन अनिवार्य । गोलाकार स्थान निश्चिततापछि क्रमशः प्रबेश मौका । फरक फरक प्रबेश द्वार र प्रस्थान द्वार ब्यवस्था।

३) कम्तिमा माक्स, साबुन पानी र स्वच्छ आन्तरिक वातावरण व्यवस्थापनमा आन्तरिक प्रशासनको विशेष ध्यान ।

४) एक मुद्दा एक पक्ष र एकपक्ष एक कानुन ब्यवसायी आलोपालो अदालत/इजलास प्रबेश ब्यवस्थापन ।

५) समय समयमा अदालत परिसर र कोठा -इजलासहरु स्यानीटाइजरिँग ।

६) बढी मुद्दा हुने अदालतहरुमा नया दर्ता र सामान्य प्रकृतिका मुद्दाहरुमा साउनपछिको तारेख/वकपत्र ब्यवस्था ।

७) म्याद वा हदम्याद बाँकी रहेका मुद्दाहरुका हक्मा ततकाल दर्ता स्थगन सहयोगका लागि सम्बन्धित बार र सम्बद्द कानुन ब्यवसायीहरुलाई अनुरोध, सम्भव भएसम्म ततसम्बन्धी ब्यवस्थापन ।८) भरच्यूयल पद्दतिमा बहस न र अनलाइन सेवाका सम्भव उपायहरु अबलम्बन

९) घर वा आवासमा लगेर गर्न सकिने र मिल्ने कामका लागि सम्बन्धि कर्मचारीलाई सोही अनुसार सेवा प्रबाहका लागि अनुमति र ब्यवस्था ।

१०) ५०० सँक्रमित नाघेका तराइ र उपत्यकाका अदालतहरु (वर्तमानमाः काठमाण्डौ उपत्यकाका र पर्सा, बाँके, कास्की, दाँङ् आदि) र पहाडी जिल्लाहरुमा ३०० तथा हिमाली जिल्लाा २०० सँक्रमित नाघेका क्षेेत्रमा कूल कर्मचारीहरुलाई दुइ समूहमा बिभाजन गरी आलोपालो पद्दतिबाट एक एक हप्ताको एक समूहलाई अदालत सेवा र अर्को समुहलाई Service at home or Service at residence कार्य नीति अबलम्बन ।

११) सक्रमण नदेखिएका क्षेत्रमा पनि बिहान ६ वजेदेखि १ बजेसम्म एकसमूह र १ वजेदेखि ७ वजेसम्म अर्को समूह गरी इजलासको काम सहित दुइ समूहमा ब्यवस्थापन ।

१२) आन्तरिक मौखिक बहसलाई बहसनोटद्वारा पुनरब्यवस्थितका लागि सम्बद्द वार तथा सम्बन्धित विद्वान कानुन ब्यवसायीहरुमा आग्रह र सक्दो ब्यवस्थापन ।

१३) २०७८ असार मसान्तसम्म रणनीतिक योजनाको अवधि ननाघ्ने मुद्दाहरुका हक्मा साउन पछिको लागि तारेख ब्यवस्थापन । नया मुद्दाहरुमा तोकिएका नक्शा वा सर्जमिनका कार्यहरुलाई स्थगन र साउनपछिको ब्यवस्थापन ।

१४) कम आवश्यक अदालत वा स्थानका कर्मचारीहरुलाई बिदामा बस्न अभिप्रेरित । कोभिड सुरक्षाका साथ फिल्ड काजको काममा ब्यवस्थापन ।

१५)अदालत दस्तुरहरु बैङ्क वा इ सेवाको माध्यमबाट राख्ने ब्यवस्थापमा प्रभावकारिता ।

१६) नक्कल उपलब्ध सेवालाई इमेल सहितको सूचना पद्दतिमा आवद्दता ।

१७) कोभिड मुक्त क्षेत्र घोषित नभएसम्म सुरु तहका मुद्दाहरुमा पनि तारेखमा बस्न नपर्ने ब्यवस्था र तारेख नगुज्रने गरी नीतिगत निर्णय द्वारा ब्यवस्था ।

१८) पुनराबेदन तहमा तारेखमा रहने /राख्ने हालको पद्दतिलाई स्थगन । सम्बन्धित अदालत सहयोगी वा सम्बन्धित कानुन ब्यवसायी मार्फत सूचना र सेवा प्रबाहको ब्यवस्थापन । पूर्व सचेत र ब्यवस्थापनका अनेक उपायहरु छन । सँ

कट ब्यवस्थापनमा नै ब्यवस्थापकहरुको अग्नि परिक्षा हुन जान्छ । ज्यान/ मन सबैभन्दा ठूलो बाँचे लाख मन रहे मात्र चाख आगे, अधिकार प्राप्त अदालत ब्यवस्थापकहरुको जो बिचार !!!!

अन्तिम पटक अध्यावधिक गरिएको 330 Viewed

प्रतिक्रिया दिनुहोस्