राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व शनिवार पोखरामा सम्मानित भएका छन ।
माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो अधिवेशनको अवसरमा उनीहरूलाइ सम्मान गरिएकाे हो ।
कास्कीकाे माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजमा योगदान पु¥याएका प्राध्यापक डा. मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनार सम्मानित भएका हुन ।

सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बाेल्दै जिसीले विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेको कोभिड–१९ को पोखरामा दोश्रो लहरको सङ्क्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकायहरु यसको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिएताका साथ लाग्न अपिल गरे ।

पोखरामा केही दिन यता गरिएको परीक्षणको आधारमा २० वर्ष उमेरका वालवालिका तथा युवामा कोरोनाको उच्च जोखिम देखिएको उल्लेख गर्दै प्रमुख जिसीले यही अवस्थामा सङ्क्रमण बढेमा पोखरामा ‘सेल्फ डकडाउन’ हुने बताए ।
कार्यक्रममा समाजद्धारा प्रकाशित नव वर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरिएकाे थियाे।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्की, कार्यक्रममा नेकपा एमालेका भोलानाथ त्रिपाठी, नेपाली कांग्रेसका विकास गुरुङ, माओवादी केन्द्रका यज्ञप्रसाद तिवारी, संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका उपाध्यक्ष दयाराम तिवारी र सचिव भोलानाथ ओझा लगायतले बाेलेका थिए ।
कार्यक्रम समाजकाअध्यक्ष दुर्गादत्त भुर्तेलकोअध्यक्षतामा सम्पन्न भएकाे थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 553 Viewed

प्रतिक्रिया दिनुहोस्