जुवा खालबाट ठूलाे रकम सहित ३३ जना पक्राउ परेका छन । शनिवारअबैध रुपमा जुवा खेलिरहेकैअवस्थामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन ।

जसमा वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको छ । पोखराकाे चापापानीमा रहेको मार्फा थकाली समाज घरमा जुवातास खेलिरहेको भन्ने बिशेष सूचनाकाआधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेकै अवस्थामा उनीहरू पक्राउ परेका छन । उनीहरूकाे साथबाट नगद रु ६ लाख २४ हजार ९ सय ८६ रुपैया रकम, ८ बुक तास, ६४ थान कौडा, तिन लाखको १ वटा र १ लाख पचास हजारको १ वटा गरी जम्मा ४ लाख पचास हजारको चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र भारतीय रुपैया ४ हजार ७ सय बरामद भएकाे छ ।

त्यस्तै नवलपरासी पूर्वको प्रहरी टोलीले सुक्रवार कावासोती नगरपालिकाकाे डण्डा स्थित एक घरमा जुवातास खेलीरहेको अवस्थामा ११ जना नगद रु २६ हजार ६ सय २५ रकम र तीन बुक तास सहित पक्राउ परेका छन ।

त्यसैगरी शनिवार ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले पनि बिशेष सूचनाका आधारमा आँबुखैरेनी गाँउपालिकाआँबुखैरेनी बस्ने मन बहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । निजहरुको साथबाट प्रहरीले नगद रु १ लाख ११ हजार ४ सय ४० रुपैयाँ रकम र १३ बुक तास बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका सबैजना उपर जुवा सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान भर्इरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 220 Viewed

प्रतिक्रिया दिनुहोस्