पोखरा मनपा वडा नं १८ बस्ने सराङकोट बस्ने वर्ष २९ को देवेन्द्र सुनारलाई लागूऔषध सहित पक्राउ गरिएको छ । सुक्रबार दिउसो गस्तीमा खटिएको प्रहरी टोलिले शंङ्का लागी चेकजांच गर्ने क्रममा उनलाइ पक्राउ गरिएको हो। शंङ्का लागी खान तलासी गर्दा निजको साथबाट फेनारगन १७ एम्पुल, डाईजापाम १७ एम्पुल र नुर्फिन १७ एम्पुल गरी ५१ एम्पुल लागूऔषध फेला परेको छ । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएकाो छ ।