यू टर्न इन्टरनेशल प्रालिको नयाँ विक्री केन्द्र पोखरा विरौटामा संचालनमा आएको छ । विशेषगरि यस कम्पनीले मौरीजन्य पर्दाथहरु रोयलजेली, प्रपोलिस, विपोलेन, विब्रेड, बी भेनम क्रिम, गुर्जोको जुश, त्रिफला (हर्रोबर्रो अमल) जुस, अमला जुस, भुइ स्याउको जुस आदी उत्पादन गर्दै आएको छ ।
नेपालको प्रचलित कानुनअनुसार वस्तुको प्रत्यक्ष विक्री ऐन २०७४, प्रत्यक्ष विक्री नियमावली २०७६ र अन्य नेपालको प्रचलित कानुनको नियमअनुसार २०७७ असारवाट यस कम्पनीले इजाजतपत्र प्रदान गरेको हो । कार्यक्रमको उद्घाटन युर्टन इन्टरनेशलका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले गरेका थिए । कम्पनी प्लानिङको बारेमा बताउदै आउँदा दिनहरुमा कम्पनीले लिएको लक्ष्य छिट्टै पुरा हुने उनले बताए ।
कम्पनीले उत्पादन गरेका प्रोडक्टबारेमा युर्टन कोर टिम संयोजक हरिसचन्द्र न्यौपानले बोलेका थिए । यस कम्पनीले प्रत्यक्ष विक्री प्रणालीअनुसार कम्पनीवाट उत्पादित वस्तुहरुको विक्री गर्दै आइरहेको छ ।