पोखरा मनपा वडा नं ९ शान्तिबन बस्ने बर्ष २३ को संजय केसीलार्इ लागूऔषध सहित पक्राउ गरिएको छ । मंगलबार दिउसो वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलिले शंङ्का लागी चेकजांच गर्ने क्रममा उनलाइ पक्राउ गरिएको हो। शंङ्का लागी निजको पोखरा वडा नं ९ नयाँबजार स्थित कोठामा खान तलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा १ के.जी. ९०० ग्राम गाँजा सहित उनलार्इ नियन्त्रणमा लिइएको छ । केसीलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालत मार्फत सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।