पर्वतको मोदी गाउँपालिकामा रहेको एक विद्यालयमा निर्माण कार्य गर्ने मजदुर मृत भेटिएका छन । बाँके जिल्लाको चिसापानी नगरपालिका वडा नं ४ का अन्दाजी वर्ष ५० को गणेश घर्ती मृत भेटिएका हुन । मंगलबार बेलुका खाना खाई स्कुलको पुरानो भवनमा सुतेका घर्ती बुधवार बिहान नउठेपछि साथी गई हेर्दा मृत अवस्थामा रहेको जानकारी भएकाो थियो । खबर प्राप्त हुनासाथ प्रहरी टोली गई घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेल प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 416 Viewed

प्रतिक्रिया दिनुहोस्