नेपालको राजनीतिले गिरिजापथलाई पछयाउदै अगाडी बढेको छ । स्व. गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा लामो समय प्रधानमन्त्री तथा नेपाली काग्रेशका सभापति भएका थिए २०४६ सालको जनआन्दोलन पश्चातको बहुदलिय संसदीय प्रणालीअ पछि भएको निर्बाचनमा नेपाली काग्रेशले दुई तिहाई मत ल्याएको थियो र आफनो पार्टीको एकमना सरकार सञ्चालनका क्रममा गिरिजाप्रसाद कोईरालाले पार्टीै नीति र सामुहीक निर्णयबाट काम नगर्दा सरकारद्धारा प्रस्ताब गरीएको नीती तथा कार्यक्रम फेल गर्न आफनै ३६ जना शांसदहरु अनुपस्थित भैदिएपछि तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्रि गिरिजाप्रसाद कोईरालाले मध्याबधी निर्बाचन गराए र उक्त मध्यावधी निर्बाचनमा नेपाली काग्रेश दोश्रो पार्टीको रुपमा झरयो । तत्कालीन नेकपा एमाले पहिलो पार्टीको रुपमा आयो र ठुलो दलको हैसियतले अल्पमतको सरकार बनायो जुन सरकारले गरेको कामको ब्याजले आज कम्यसनिष्ट पार्टी नेकपा एमाले हुदै नेकपा र आज नेकपा एमालेको चरम बिबादको कारण ओली र माधब झलनाथहरुले राजनीतिक चुरीफुरी गरीरहेका छन ।

२०७७ कार्तिक २८ गतेको तत्कालीन नेकपाको बैठकमा आफनै पार्टी अध्यक्ष तथा प्रधान मन्त्री केपि शर्मा ओली बिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रंचण्डले १९ पृष्ठ लामो अभियोगपत्र प्रस्तुत गरेका थिए र सो अभियोगपत्र तयार गर्न माधब नेपाल र झलनाथ खनाल समेतको संलग्नता रहेको कुरा उनिहरु आफै स्विकार पनि गरे बैठकमा प्रस्तुत आरोपको अभियोगपत्रमा आफनै अध्यक्ष र प्रधान मन्त्रिप्रति अबिस्वास गरेको अबस्था देखियो र त्यसको केहीदिन पछि ओलीले पनि आफनो जवाफ दिन बाध्य भएको अबस्थाले नेकपामा अन्तहिन बिबाद चुलिदै आयो । २०७४ को निर्बाचनका समयमा दुबै पार्टीलाई एकता गर्न आम जनताले सुझाएका थिए । एकता गरेमा नेपालको कम्युनिष्ट सत्ताले मुलुक र जनताको बिकाशमा फडको मार्न सक्ने अपेक्षा आम जनतामा थियो र आम जनता र कार्यकर्ताले निर्बाचपश्चात पार्टी एकता गर्न सुझाएकोले नेताहरुले २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओबादी पार्टी एकता त गरे तर बैचारीक र सैद्धान्तिक एकता नगरीकन पार्टी एकताको औपचारीक घोषणा मात्रै गरे त्यसरी एकता गर्दा ओलीले पनि आपनो नेतृत्वको कमिटि र अरु शिर्ष नेताहरुको सल्लाह लिन आबश्यक ठानेन र प्रचण्डले पनि आफनै ढगले निर्णय गरेका थिए तापनि सकारात्मक कामको लागी एकता भएकोले सबैले साथ समर्थन नदिने कुरा थिएन । नेकपाको प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केप िशर्मा ओलीको थप महत्वपुर्ण भुमीका पार्टी सञ्चालन र सरकार सञ्चालनमा हुनु स्वाभाबिक थियो तर दोश्रा अध्यक्ष प्रचण्डले माधब नेपाल र नारायणकाजी श्रेष्ठलाई आफनो नियन्त्रणमा लिएर आफु अनुकुल ओलीलाई सञ्चालन गर्ने दुस्साहास गरेको कुरा कसैले लुकाएर लुक्दैन यो ईतिहास साक्षी छ प्रचण्ड र नारायणकाजीको गोटीका रुपमा नेकपाका बरीष्ठ नेता पुर्ब प्रधानमन्त्रि माधब कुमार नेपाल प्रस्तुत भैरहेका दृष्यहरुले ओली सरकारलाई एकपछि अर्को गर्दै बदनाम गराउदै जाने कामहरु हुनथाले यसो त माधब नेपाल र केपी ओली बीच पार्टीको आन्तरीक जीवनमा बिगतदेखी नै शक्ती शंघर्ष भैरहेको भएता पनि यती बिघन भने भएको थिएन प्रचण्डकै गोटी बनेदेखि ओली बिरुद्ध नकारात्मक रुपमा माधब नेपाल उत्रिए क्रियाको प्रतिक्रिया भने जस्तै ओली पनि किन कम हुने, आफनो न्वारनदेखीको बल प्रयोग गरेर प्रचण्ड र माधब नेपाल बिरुद्ध जाईलाग्न बाध्य भएको यथार्थ हो ।

यस्तो यसप्रकारको द्धन्दमा यी कुनै पनि नेताहरुको बीच सै्रद्धान्तिक तथा बैचारीक बहश वा जनजीबिकाकोे बिबाद हुदै थिएन मात्र आफना मान्छेहरुले स्थान पाएन अर्थात आफनो गुटका मान्छेहरुलाई ओलीले स्थान दिएन भन्ने नै बिबादको चुरो देखियो । अर्कोतर्फ बर्तमान शंशदमा प्रतिपक्ष रहेको दल नेपाली काग्रेशका सभापति शेरबहादुर देउपा यस्ता प्रतिपक्षका नेता देखिए की नेकपाको करिब दुई तिहाईको सरकार छ तर पनि सरकारले नियुक्त गर्ने हरेक पदहरुमा सत्ता पक्षसरह कै भाग प्रतिपक्षलाई पनि दिनुपर्ने बालहठ देखियो यस्लेगर्दा प्रधानमन्त्रि ओलीलाई आफना अर्थात माधब झनाथ गुटका मान्छेहरुलाई छाडेर भए पनि प्रतिपक्षलाई खुशी पार्ने नियतकासाथ अगाडी बढन खोज्दा नेकपाका नेताहरु माधब र झलनाथहरु प्रचण्डको नजिक पुग्ने बाताबरण बन्यो र प्रचण्डको नियत तत्कालीन एमालेका नेताहरुलाई बिभाजित गरेर आफनो पकड बलीयो बनाउने र आगामी महाधिबेशनमा आफु र्नििर्बकल्प नेकपाको अध्यक्ष बन्ने दिवास्पनाले जसरी हुन्छ ओलीलाई सिध्याउने रणनीतिमा लागेको अबस्थामा पुगेको भन्ने घाम जस्तै छ ।

यती मात्रै होईन प्रचण्ड माधबहरु बिना कुनै सैद्धान्तिक बिबाद बाहेक गालीगलौज र अभियोग सहित ओली बिरुद्ध लाग्नुमा बिदेशी चलखेल पनि छैन भन्न सकिन्न । तर प्रचण्ड माधबहरुको १९ पृष्ठको आरोपसहितको अभियोगपत्रले ओलीलाई पनि आक्रामक बनाएकै हो त्यती छुद्र तरीकाले आरोपीत नगरीकन सिष्ठ र मर्यादित तरीकाबाट बैठकमा ओलीका कमी कमजोरीहरु देखाईदिएको भए र अभियोगपत्रलाई सार्बजनिक नगरेको भए सायद आज यति ठुलो ईगोको रुपमा बिबाद बढने थिएन र सत्ता आफनै थियो मिलेर दशौ महाधिबेशनको तयारीमा लागेको भए ओली आफैले भनेको पनि थिए अब म अध्यक्ष हुन्न प्रधानमन्त्रि पनि हुन्न यसपछि आउने प्रचण्ड र माधब नै थिए तर तातै खाम जली मरम भनेजस्तो गरी नेकपाको भबिष्य नै भाडमा पुरयाएर आज अन्तहिन बिबादले कम्युनिष्ट आन्दोलन समाप्त गर्ने दिशामा लाग्दा यी नेताहरुबाट अब के अपेक्षा गर्न सकिएला ?

अन्तिम पटक अध्यावधिक गरिएको 476 Viewed

प्रतिक्रिया दिनुहोस्