जेसीआई पोखरा लेडीले सोमबार नयाँवर्ष २०७८ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचन तथा पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई एक कार्यक्रमको अवसरमा सम्मान गरेको छ।

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथि विमला भण्डारीले भित्तेपात्रो विमोचन गरि कार्यक्रमको उद्घाटन गरेकी थिइन्।

विकाश र परिवर्तनका लागि सक्षम नेतृत्व भन्ने मूल नाराका साथ स्थापित भएको जेसीआई पोखरा लेडीले नवनिर्वाचित अध्यक्ष भण्डारीलाई दोसल्ला, टिका र सम्मान पत्रले सम्मान गरिएकाे थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले महिलालेअवसरका आधारमा मात्र नभई उसको क्षमता र कार्यदक्षताको आधारमा अग्रपंक्तीमा रहेर काम गर्न सक्ने बताइन्।

अध्यक्ष भण्डारीले समाज परिवर्तनको लागि महिला पुरूषालाइ समानताको आँखाले हेर्नुपर्ने बेला आएको उनले बताइन्। उनले महिलाले अब इतिहास रच्ने बेला आएको बताउँदै निरन्तर लगाव परिश्रम, दक्षता र क्षमताबाट लक्ष्य पूरा गर्न सकिने बताउँदै कुनैपनि महिलाले विचलित नभई अगाडि बढ्न आग्रह गरिन्।

जेसीआई पोखरा लेडी वर्ष २०२१ का अध्यक्ष कमला शर्मा (विनिता)ले संस्थालाई विभिन्न तह र तप्काबाट सहयोग प्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा विभिन्न अवार्डबाट सम्मानित हुन पाउँदा खुसी व्यक्त गरेकी थिइन्। अध्यक्ष शर्माले महिलाले के गर्न सक्छन् भनि रहँदा पत्रकार महासंघ कास्कीमा एतिहासिक जित हासिल गर्दा महिलाहरुको हौसला बढेको उक्त कार्यक्रममा जोडेकी थिइन्।

जेसीआई पोखरा लेडीले सामाजिक क्षेत्रमा कार्य गर्नुका साथै महिला नेतृत्वको विकासको लागि क्षमता अभिबृद्धी लगायतका कार्यक्रमहरु गर्दै आएको बताउँदै आगामी दिनमा अझ क्रियशिल रही संस्थालाई लक्ष्यअनुसार अगाडि बढाउने उनले बताइन्।

कार्यक्रममा मातृशाखा पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी ई.किरण केसी, पोखरा लेडि जेसीज अध्यक्ष एवम् जेसीआई पोखरा २०२० का अध्यक्ष सुचित्रा थापा, पोखरा लेडि वर्ष २००८ का अध्यक्ष कल्पना पालिखे, पोखरा लेडी जेसीजका कर्पोरेट पार्टनर एवम् नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तथा लायन्स क्लब अफ पिस प्याराडाइज वर्ष २०२१–२२ का अध्यक्ष तारानाथ ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए।

जेसीआई पोखरा लेडीका उपाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समिति संयोजक रिना पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव सुनिता कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रम अध्यक्ष कमला शर्मा (विनिता)को अध्यक्षतामा सम्पन्न भएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 497 Viewed

प्रतिक्रिया दिनुहोस्