नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्षहरु सम्मानित भएका छन् । मंगलबार महासंघका नवनिर्वाचित कार्यसमितिकाे शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा पूर्व अध्यक्षहरूलाइ सम्मान गरिएकाे हाे । नेतृत्व छाेडेकाे दुइ दशक पछि महासंघले सम्मान गरेकाेमा पत्रकार सेनानी कुसुम केशव पराजुलीले सामाजिक संजाल मार्फत खुसी व्यक्त गरेका छन । उनले महासंघका अध्यक्ष विमला भण्डारी लगायत युवा नेतृत्वलाइ बधाइ दिएका छन । सम्मानित हुनेमा पूर्व अध्यक्षहरू रविन्द्र वास्ताेला, पुन्य पाैडेल, गंगाधर पराजुली रामकृष्ण ज्ञवाली लगायत रहेका छन ।