वन बिज्ञान अध्यन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएका जंगली जनावरको हाडछाला र अखेटोपहार बरामद भएका छन ।
चोरी भएको स्थानबाट अं. ४०० मिटर पश्चिम तर्फ ऐ. १५ बनपाले जंगल घाटको पंधेरो स्थित प्लाष्टिक, जुटको बोरा र पछाडी बोक्ने कालो झोला भित्र बेवारिसे अवस्थामा फेला परेको हो ।
पोखरा महानगरपालिका वडा नं.१५ टुटुङ्गा स्थित संस्थानको भवनको ताला फोडी प्रयोगशाला भित्र र्याकमा राखेको वन्यजन्तुको अखेटोपहार माघ ९ गते राती चोरी भएको थियो ।
खोजतलासको क्रममा माघ २० गते जि.प्र.का. कास्की तथा व.प्र.का. रामबजार, कास्कीबाट खटिएको प्रहरी टोलीले चोरी भएका सामान फेला पारी बरामद गरेको थियो ।
चोरी भएकामा चितुवाको छाला – ४ थान, चितुवाको दाँतहरू , हाड अखेटोपहार, चितलको सिङ – २ थान अन्य हाड अखेटोपहार रहेका छन ।
चोरी गर्ने व्यक्तीको खोजतलास भईरहेको जि.प्र.का. कास्कीले जनाएको छ ।