पूर्व वाणिज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ । कोरोना संक्रमण भै ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको ६ दिन पछि होस खुलेको हो । साथै कोरोना रिपोर्ट पनि नेगेटिभ आएको स्वकीय सचिव टेकबहादुर विकले दिए । नेता विश्वकर्माको श्वासप्रश्वासमा पनि समस्या देखिँदा १२ गते ग्राण्डी अस्पतालको आईसीयूमा पु-याइएको थियो । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । विश्वकर्माले हातको इसाराले कुरा गरेको चिकित्सकहरुले बताएका छन् ।