देशभर थप ३,१०८ जनामा कोरोनाभाइरस सङ्क्रमण र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

मङ्गलवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १३,१३५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,२९९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको साढे २३ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख २१ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६०७ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,५९५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,८०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २३,८३४ जना घरमा तथा २,५८५ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ५९२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७२ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 183 Viewed

प्रतिक्रिया दिनुहोस्